• २०८१ बैशाख १२ बुधबार

टोखा नगरका अधिकृत १ लाख घुससहित अख्तियारको कब्जामा

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको टोखा नगरपालिकाका घुस्याहा अधिकृतलाई घुसरकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार टोखा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुस लिएको १ लाख नगदसहित पक्राउ परेका हुन् । 

सुबेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै