• २०८१ बैशाख ८ शनिबार

सेयरबजारमा दशैं प्रभाव : कारोबार रकम खुम्चियो, सूचक बढ्यो 

kharibot

काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजार भने उकालो लाग्न थालेको छ । यो बीचमा सेयर बजार बढे पनि धेरै लगानीकर्ताहरु दशैं मनाउन कैं लागि आ—आफ्नो थाँतथलो गएका कारण कारोबार रकम भने खासै बढ्न सकेको छैन ।

सोही कारण साताको पहिलो कारोबार दिन आज आईतबार सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिए पनि कारोबार रकम झण्डै २७ करोड रुपैयाँमा सिमित भएको छ । आज नेप्से १४ दशमलव १५ अंकले बढेर १२ सय ४२ दशमलव ४३ बिन्दुमा चढ्दा सेन्सिटिभ तीन दशमलव ५१ अंकले बढेर दुई सय ६४ दशमलव ५५ बिन्दुमा चढेको छ ।

एक सय ५८ कम्पनीहरुको चार हजार पाँच सय ३० वटा कारोबारमा १० लाख १६ हजार चार सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम २६ करोड ९९ लाख १३ हजार सात सय २९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा जलविद्युत् र उत्पादनमूलक समूहको कारोबार सूचक गिरावट आएपनि बाँकी आठ वटा समूहको कारोबार सूचक उच्च बिन्दुले बढेका छन् ।  वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ७९ अंकले बढेर ११ सय दशमलव २० बिन्दुमा चढ्दा १९ करोड २९ लाख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समूहको सूचक पनि १६ दशमलव १५ अंकले बढेर १४ सय ८९ दशमलव ७० बिन्दुमा चढ्दा एक करोड १४ लाख ७९ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी लघुवित्त समूहको सूचक पनि १२ दशमलव ८४ अंकले बढेर १४ सय ८५ दशमलव ७४ विन्दुमा चढ्दा एक करोड ९९ लाख ३५ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । निर्जीवन बीमा, जीवन बीमा होटल, फाईनानस र अन्य समूहको कारोबार सूचकमा पनि उच्च बिन्दुले सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको एनएमबी सुलभ फण्ड—१ को प्रतियुनिट सेयर मुल्य पाँच रुपैयाँ ९८ पैसाले बढेर १३ रुपैयाँ ४६ पैसामा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थनमा परेको युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ २९ पैसाले घटेर २२ हजार पाँच सय ३१ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ६२ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ४५ लाख ५५ हजार पाँच सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै