वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत २-० ले विजयी, पृथ्वी शा बने म्यान अफ द सिरिज 

खरीबोट

काठमाडौँ।  भारत भ्रमणमा रहेको वेस्टइन्डिजको क्रिकेटटिम भारतसँगको टेस्ट सिरिज २-० ले गुमाएको छ। दोस्रो टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य भारतले बिना कुनै विकेट गुमाई पुरा गरेपछि भारतले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको थियो। 

दोस्रो टेस्टमा जित हासिल गरेपछि भारतले सिरिज २-० ले जितेको हो। यस टेस्टमा वेस्टइन्डिजले टस जितेर पहिला ब्याटिंग अग्र्दै पहिलो पारीमा ३११ रन बनाएको थियो भने भारतले पहिलो पारीमा ३६७ रन बनाएको थियो। पहिलो पारीमा ५६ रनको अग्रता लिएको भारतले वेस्ट इन्डिजलाई दोस्रो पारीमा १२७ रनमा अलआउट गरेपछि केबल ७२ रनको लक्ष्य पाएको थियो। सो लक्ष्यलाई भारतले बिना कुनै विकेट गुमाई पुरा गरेको थियो।

दोस्रो टेस्टमा १० विकेट लिएका भारतीय बलर उमेश यादव खेलको म्यान अफ द म्याच बनेका छन् त्यस्तै यस सिरिजमा भारतका लागि देभ्यु खेल खेलेका युवा खेलाडी पृथ्वी शा प्लेयर अफ द सिरिज बनेका छन्।  शाले पहिलो टेस्टको पहिलो पारीमा १३४ रन बनाएका थिए भने दोस्रो टेस्टको पहिलो पारीमा ७० र दोस्रो पारीमा ३३ रन गरि सिरिजमा २३७ रन बनाएका छन्। 

वेस्टइन्डिजले अब भारतसँग ५ एकदिवसीय खेल र ३ टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो एकदिवसीय खेल यहि अक्टोबर २१ मा हुने छ।  

सम्बन्धित समाचार

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लिन स्विप 

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिम टेस्ट सिरिजमा ३-० ले पराजित भएको छ । टेस्ट सिरिजको तेस्रो टेस्टको आज चौथो दिन पाकिस्तान २७३ रनमा अल आउट भएपछि तेस्रो

अस्ट्रेलियन भुमिमा भारतले पहिलो पटक जित्यो टेस्ट सिरिज 

काठमाडौँ । अस्ट्रेलियन भूमिमामा भारतले पहिलो पटक टेस्ट सिरिज जितेको छ । अस्ट्रेलिया र भारतबीचको चौथो टेस्टको पाचौ दिन बर्षाका कारण खेल स्थगित हुदै बराबरीमा सकिएपछि भारतले बोर्डर-गावस्कर सिरिज २-१

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा पुजाराको तेस्रो शतक 

काठमाडौं । अस्ट्रेलिया र भारतबिच जारी चौथो टेस्टमा भारतीय ब्याट्सम्यान चैतेश्वोर पुजाराले शतक प्रहार गरेका छन् । टेस्टको पहिलो दिन पुजारा अहिले १०७ रन बनाएर खेलिरहेका छन् । सिरीजको चौथो तथा अन्तिम

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत २-० ले विजयी, पृथ्वी शा बने म्यान अफ द सिरिज 

काठमाडौँ।  भारत भ्रमणमा रहेको वेस्टइन्डिजको क्रिकेटटिम भारतसँगको टेस्ट सिरिज २-० ले गुमाएको छ। दोस्रो टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य भारतले बिना कुनै विकेट गुमाई पुरा गरेपछि भारतले


z