काठमाडौँ। अफगानिस्तान प्रिमियर लिग (एपिएल) युएइ पुगेका सन्दीप लामिछाने पहिलो खेल खेल्दै २ विकेट लिए पनि उनको टिम ननगरहर लियोपार्ड पराजति भएको छ।
ननगरहर लियोपार्ड पक्तिया प्यान्थरसँग ७ विकेटले पराजित भएको छ। ननगरहर लियोपार्डले जितेर पहिला ब्याटिंग गर्दै १२६ रन मात्र बनाएको थियो।
१२७ रन पाएको लक्ष्य पाएको पक्तिया प्यान्थरले सो लक्ष्य १४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। ननगरहरका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन दिए २ विकेट लिएका थिए।
प्रतियोगितामा ननगरहरले ७ खेलमा ५ मा हार बेहोरिसकेको छ भने केबल २ खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ। प्रतियोगितामा ननगरहरले चरण खेल बुधबार बल्ख लिजेण्डसँग खेल्ने छ।