• २०८१ बैशाख ८ शनिबार

ग्रीन टी र ब्लू टीभन्दा फाइदाकारी एप्पल टी 

kharibot

अचेल मानिसहरु आफ्नो तौल र मधुमेह रोगदेखि धेरै चिन्तित छन् । त्यसैले शरीरलाई स्वस्थ राख्न मानिसहरु धेरै उपाय अपनाइरहेका हुन्छन् । यसरी चिन्तित हुने मानिसलाई ग्रीन टी अथवा ब्लू टी खुवाउने सल्लाह दिइन्छ । तर, एप्पल टी अथवा स्याउको चियाको बारेमा कमैले सुनेका होलान् । 

एप्पल टी अथवा स्याउको चियाले तौल घटाउनुका साथै सुगर पनि कम गर्छ । यसले व्यक्तिको मुहारमा चमक ल्याई छालालाई पनि नरम बनाउँछ । स्याउमा मिनरल्स, एन्टिअक्सिडेन्ट्स प्रशस्त मात्रामा हुन्छ । 

एप्पल टी युरोपमा निकै प्रचलित छ । यसले उच्च रक्तचाप र कोलस्ट्रोललाई नियन्त्रित राख्छ । शरीरको लागि निकै फाइदाकारी स्याउको चिया नियमित खाने हो भने यसले कब्जियतको समस्यालाई पनि हटाउँछ । 

स्याउको चियामा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ । 
यसले शरीरमा भएको विषाक्त पदार्थ (टक्सिन) निकाल्न सहयोग गर्छ । यसले टक्सिन निकाल्ने प्रणालीलाई सबल बनाई कोशिकाहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउँछ । 

स्याउमा एन्टिअक्सिडेन्ट्स बाहेक प्राकृतिक सुगर पनि हुन्छ । यसले मेटाबोलिक ब्यालेन्सलाई सुधार गर्दै ब्लडसुगरको स्तरलाई पनि नियन्त्रण गर्छ । यसले ब्लड सुगरको मात्रा अचानक घट्न र बढ्न रोक्छ । 

‘एप्पल टी’मा क्यालोरीको मात्रा कम हुने भएकाले यसले क्यालोरी सन्तुलतमा राख्न पनि सहयोग गर्छ । यसले पाचन प्रणालीलाई सबल बनाई तौल घटाउन सहयोग गर्छ । यसमा घुलनशील फाइबर प्रशस्त मात्रामा हुन्छ । फाइबर तौल घटाउन निकै उपयोगी भएको मानिन्छ । यसमा मेलिक एसिड हुन्छ जसले पाचन प्रणालीलाई ठीक गर्छ । 

यसरी बनाउनुहोस् स्याउको चिया (एप्पल टी) 

स्याउको चिया बनाउन एउटा स्याउ, ३ कप पानी, एक चम्चा कागतीको रस, २ ओटा टीब्याग र दालचिनीको धुलो आवश्यक हुन्छ । प्यानमा पानी र कागतीको रस राखेर प्यानमा टी ब्याग राख्नुहोस् । यसलाई केही बेर उम्लिन दिएर काटेको स्याउलाई त्यसमा राख्नुहोस् । यसलाई ५ मिनेट उम्लिन दिएर अन्तिममा दालचिनीको धुलो मिसाउनुहोस् । यसरी एप्पल टी तयार हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै