• २०८१ बैशाख ६ बिहीबार

कपाल झर्ने रोगलाई तुरुन्त रोक्छ चन्दनको तेल 

kharibot

काठमाडौँ । कपाल झर्नु अहिले साधारण रोग भइसकेको छ । महिला अथवा पुरुष, कतिपयको त सानै उमेरदेखि नै कपाल झर्न सुरु गरेको पाइन्छ । कपाल झर्नुका विभिन्न कारण हुन सक्छन् । जरा कमजोर हुनु, पीयुष ग्रन्थीमा हार्मोनको कमी, शरीर र कपालमा पोषक तत्त्वको कमी, तनाव, चायाँ, छालासम्बन्धी रोग, अथावा आनुवंशिक गुण, आदि विभिन्न कारणले कपाल झर्न सक्छ । कपाल झर्ने रोगबाट छुटकारा पाउन घरेलु उपाय सहयोगी हुन सक्छ । घरेलु उपचार गरेर केही हदसम्म कपाल झर्नलाई रोक्न सकिन्छ । 

चन्दनको तेल 

चन्दन आफैमा एक औषधि हो । चन्दनको तेलले कपालका जरामा हुने स्मेल रिसेप्टर सक्रिय हुन्छ । चन्दनको तेल लगाउनाले रिसेप्टरले नयाँ कपाल उमार्न सक्ने केरोटिन प्रोटिनको उत्पादन बढाउँछ । यसले कपाल तीव्र गतिमा बढ्न थाल्छ । 

चन्दनको तेलले शिरलाई नियमित मालिस गर्दा कपाल झर्ने समस्या हट्न सक्छ । चन्दनको तेलले मालिस गरेको आधाघण्टापछि स्याम्पुले कपाल पखालेमा कपाल पनि नरम र बलियो हुन्छ । यसरी नियमित रुपमा चन्दनको तेलले मालिस गर्नाले केही हप्तामा नै धेरै फरक देखिन्छ । तर, स्याम्पु नियमित प्रयोग गर्नु भने कपालको स्वास्थ्यको लागि हानिकारक मानिन्छ । 

चन्दनबाहेक यी तरिका पनि कपाल झर्नबाट रोक्न सहयोगी हुन सक्छन् । 

मेथीलाई रातभर भिजाएर बिहान दहीसँग मिलाउनुहोस् । त्यसलाई आफ्नो कपालको जरामा लगाउनुहोस् र करीब आधा घण्टा राखेर कपाल धुनुहोस् । यसले छालासम्बन्धी विकार हटेर जान्छ । मेथीमा निकोटिनिक एसिड र प्रोटिन पाइन्छ । यसले कपालको जरालाई पोषण प्रदान गरी कपाल बढ्न मद्दत गर्छ । 

हामी अनार खाएर त्यसको बोक्रा डस्टबिनमा फाल्छौं । तर, अनारको बोक्रा बहुउपयोगी हुन्छ भन्ने कमैलाई थाहा हुन सक्छ । यसलाई सुकाएर, कुटेर धुलो बनाई लेप बनाएर कपालमा लगाउन सकिन्छ । त्यस्तै, यसको धुलो पानीसँग नियमित सेवन गर्दा रगको विकारलाई हटाई शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ र कपाल झर्न पनि कम हुन्छ ।

कपालको लागि अनारको बोक्राका साथै, प्याज, अदुवा, अमला, अण्डा आदिको पनि छुट्टाछुट्टै लेप बनाई लगाउन सकिन्छ । यी सबै कपाललाई पोषण प्रदान गरी कपाल झर्नबाट रोक्न उपयोगी हुन्छन् । त्यस्तै, यिनले कपाललाई नरम र चम्किलो पनि बनाउँछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै