• २०८१ बैशाख ६ बिहीबार

मानिसलाई भिटामिन डी किन आवश्यक छ ?

kharibot

काठमाडौँ । जाडोमा जब दिन छोटो हुन थाल्छ, घामबाट मिल्ने भिटामिन डीको कमी हुन थालछ । शरीरमा भिटामिन डीको अहम् भूमिका छ । घामको अभावमा हामीले भिटामिन डीको चक्की लिनुपर्ने पनि हुन सक्छ । 

भिटामिन डी२ र डी३ कुनै पनि औषधिपसलमा डाक्टरको सिफारिसविना किन्न सकिन्छ । भिटामिन डीलाई चमत्कारी भिटामिन भनिन्छ । यसे हामीलाई रोगबाट बचाउँछ । थकान, मांसपेशीको कमजोरी, हड्डीमा हुने समस्या र डिप्रेसनबाट भिटामिनले बचाउँछ । 

यसे क्यान्सर र उमेर बढ्दैजाँदा देखा पर्ने समस्याबाट पनि बचाउने अनुसन्धाताहरु बताउँछन् । 

हाम्रो हड्डी बलियो हुन भिटामिन डी अत्यन्त आवश्यक छ । यसले हड्डीमा क्याल्सियम र फस्फेटलाई मिलाएर राख्छ । जसको शरीरमा भिटामिन डीको कमी छ, उसलाई भिटामिन डीको चक्की खाने सल्लाह दिइन्छ । 

बेलायतका करीब २० प्रतिशत मानिस भिटामिन डीको चक्की खाने गर्छन् । तर, भिटामिन डीले रोगसँग लड्ने क्षमता पनि प्रदान गर्छ भन्ने जस्ता केही गलत धारणा पनि छन् । 

यसको नाम भिटामिन डी भए पनि बास्तवमा यो भिटामिन नभई हार्मोन हो । यसले शरीरलाई क्याल्सियम पचाउन मद्दत गर्छ । यदि धेरै तेलवाला माछा खान छोड्ने हो भने भिटामिन डी पाउने अरु कुनै पनि स्रोत छैन । जब घामको अल्ट्राभायोलेट किरण हाम्रो शरीरमा पर्छ, तब शरीरमा रहेको कोलस्ट्रोलबाट भिटामिन डी बन्न सुरु हुन्छ । 

भिटामिन डी३ माछालगायत केही अन्य जनावरमा पाइन्छ । जब घामको किरण हाम्रो छालामा पर्छ, तब बन्ने यही भिटामिन डी३ नै हो । भिटामिन डी२ चाहिँ च्याउमा पाइन्छ । 

मानिसलाई दिनहुँ १० माइक्रोग्राम भिटामिन डीको आवश्यकता पर्ने बताइएको छ । अमेरिकामा दूध, ब्रेकफास्ट, अन्न, दही, जुस आदिमा भिटामिन डी मिलाएर बेचिन्छ । 

भिटामिन डीको कमीले हड्डीको डेन्सिटी कम हुन्छ । यसबाट रिकेट्स नामक रोग विशेषगरी नवजात शिशुलाई लाग्न सक्छ । अन्य मानिसलाई पनि यो रोग लाग्न सक्छ ।  

भिटामिन डीको कमीले मांसपेशी कमजोर हुन्छ, धेरै थकाइ लाग्छ । भिटामिनको कमीले शरीरमा तागतको कमी हुन्छ । यसको कमीले अन्य कीटाणुले पनि शरीरलाई छिटै आक्रमण गर्न सक्छ । हड्डी बढ्न र बलियो हुन भिटामिन डीको अहम् भूमिका छ । 

अचेल मानिसहरु कार्यालयीय कामका कारण घाममा बस्न त्यति पाउँदैनन् र यसले गर्दा हड्डी करकर खाने, हड्डी कमजोर भई थोरै ठेस लाग्दा पनि भाँच्चिने आदि हुन्छ । 

भिटामिन डीले प्रतिरोधात्मक क्षमता बढाउने भने पनि यो अहिले सम्म प्रमाणित हुन सकेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै