• २०८१ बैशाख १३ बिहीबार

मान्छेको आँखामा १५ सेमि लामो किरा ! (भिडियोसहित)

kharibot

दक्षिण एसिया । भारतको कर्णाटक राज्यका एक जना ६० वर्षीय मानिस आँखामा अप्ठ्यारो भएको भन्दै अस्पताल पुगेका थिए । जब आँखाको जाँच गरियो, त्यसपछि डाक्टर नै अचम्ममा परे । उनको आँखाको सेतोभागमा १५ सेमि लामो किरा भेटियो । 

यस्तो जटिल समस्या थाहा हुनेबित्तिकै डा. श्रीकान्त सेठीले तत्कालै उक्त किरा आँखाबाट हटाउनुपर्ने बताए । किनकि उक्त प्यारासाइटिक (किरा)को कारण उनले आँखाको ज्योति नै गुमाउनसक्ने डर भयो ।

उनीहरुले आकस्मिक अपरेसन गरे । उक्त अपरेसनको कसैले भिडियो फुटेज पनि खिचेको थियो । जुन यसप्रकार छ :

  • भिडियो : DailyMail\YouTube

अन्त्यतः डा. सेठीले होसियारीपूर्वक उक्त किरा हटाउन सफल भएका थिए । जब त्यो किरा निकालियो त्यसो आकारले डा. हरुलाई समेत चकित बनायो ।

किनकि यो १५ सेमि लामो थियो । उक्त जीवाणुलाई वुचेरेरिया ब्याक्रोफ्टी भनिन्छ जुन लामखुट्टेको टोकाइबाट विकसित हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै