• २०८१ बैशाख ७ शुक्रबार

संसारकै पहिलो ब्लकचेन स्मार्टफोन सार्वजनिक हुँदै 

kharibot

काठमाडौं । एचटीसीले विगत केही महिनादेखि आफ्नो ब्लकचेनमा आधारित स्मार्टफोनमा काम गरिरहेको थियो । अब यो स्मार्टफोन बजारमा आउने तयारीमा छ ।

एचटीसीले संसारकै पहिलो ब्लकचेनमा आधारित स्मार्टफोन ‘एक्सोडस’ अक्टुबर २२ मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यसको जानकारी कम्पनीले फोनको प्रचारप्रसारका लागि बनाएको इन्स्टाग्राम अकाउन्टको माध्यमबाट उक्त जानकारी दिएको हो । 

यो अकाउन्टमा एचटीसी एक्सोडसको एक सानो भिडियो क्लिप पनि फोन सार्वजनिक हुने मितिका साथै शेयर गरिएको छ । 

एचटीसी एक्सोडस एक क्रिप्टो फोन हो । प्रचलित विद्युतीय मुद्रा जस्तै, बिटक्वाइन, इथेरियम आदिको लागि एक सुरक्षित हार्डवेयर वालेटले जसरी नै यसले काम गर्ने बताइएको छ ।

एक प्रतिवेदनका अनुसार एचटीसीले आफ्नै ब्लकचेन बनाउने योजना पनि ल्याउँदै छ । 

यस स्मार्टफोनको माध्यमले युजरहरुले एकआपसमा क्रिप्टोकरेन्सीको व्यापार गर्न सक्छन् । 

एचटीसी एक्सोडसको सफ्टवेयर एन्ड्रोइडमा आधारित हुनेछ र यसमा सेक्युरिटी प्रोटोकलबाहेक अन्य एप पनि हुनेछन् जसको माध्यमले क्वाइनलाई सुरक्षितसँग ट्रान्सफर गर्न सकिने बताइएको छ । एजेन्सी
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै