• २०८१ बैशाख ८ शनिबार

ज्यान मान्छेको टाउको सिंहको ! अपरेसन गरेपछि यस्तो देखियो 

kharibot

दक्षिण एसिया । भारतको तमिल नाडुका एक जनाको अनुहार सिंहको जस्तै भएका कारण प्लाष्टिक सर्जरी गरिएको छ । सुुरेश नामका एक जनामा सिंहको अनुहार आउने सिन्ड्रोम देखिएको हो । 

यस्तो समस्या उनलाई १८ वर्षको हुँदादेखि सुरु भएको बताइएको छ । समस्या सुरु भएसँगै उनको अनुहार सुन्निनथालेको थियो । डाक्टरहरु समेत उनलाई सहयोग गर्न असमर्थ भएका थिए । 

यस्तो अवस्थालाई डाक्टरहरुले अनुहारको हड्डी बढेको रुपमा लिएका थिए । यस्तो समस्यापछि उनको अनुहार सिंहको जस्तै देखिनथालेको थियो । 

रिपोर्टहरुमा आएअनुसार यसको उपचार निकै पीडादायी हुन्थ्यो । २० वर्षसम्म सुरेश यस्तो अवस्था लिएर बसेको बताइएको छ । 

तर अहिले भने सर्जन सुनिल रिचार्डसनको कारण उनलाई पहिलेको सुरेश भनेर कसैले थाहा पाउँदैनन् । आफ्नो गरिबीका बाबजुद उनी धेरै सर्जनहरुको सम्पर्कमा पुगेका थिए । पछि अपरेसनसँगै उपचार सम्भव भयो । उनको वास्तविक नाम अर्कै हो तर परिचय लुकाउनलाई सुरेश भनियो । 

उनको प्लाष्टिक सर्जरी गर्ने डा. रिचार्डसनका अनुसार सुरेशलाई फाइब्रस डिस्प्लासिया भएको थियो । यसो हुँदा सामान्य हड्डीहरु फैलिनथाल्छन् । सुरेशलाई पनि यही समस्याले अनुहार सिंहको जस्तो बनाएको थियो । 

यस्तो समस्या थोरैलाई मात्र कहिलेकाहीँ हुनसक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै