• २०८१ बैशाख १४ शुक्रबार

सेलेना गोमेज फेरी अस्वस्थ

kharibot

काठमाडौँ।  हलिवुड अभिनेत्री तथा गायिका सेलेना गोमेजको स्वास्थ्यमा फेरी समस्या भएको छ।  गतबर्ष मात्र किड्नी ट्रान्सप्लान्ट गरेकी गोमेजलाई अहिले लुपुस नामको रोग लागेको बताइएको छ। सो रोग लागेपछि गोमेज अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय मिडिया एजेन्सीहरुले उल्लेख गरेका छन्। 

आफ्नो रोगबारे जानकार भएपछि उनले केहिसमय अघि देखि नै आफ्नो नियमित कामबाट ब्रेक लिएकी थिइन्।  यस रोगले छालामा दाज जस्तो आउने, जोर्नीहरु सुन्निने, छाती दुख्ने र सास फेर्न गार्हो हुने जस्ता लक्षणहरु हुने गर्दछन। गोमेजले केहिसमय अघि आफुले केहि समयका लागि सामाजिक संजालबाट ब्रेक लिने उल्लेख गरेकी थिइन्। 

गोमेज डिज्नीको चर्चित शो विजर्ड अफ वेवर्लि प्लेस' बाट बाल कलाकारक ओरुप्मा चर्चामा आएकी थिइन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै