• २०८१ बैशाख ७ शुक्रबार

असान्जलाई सञ्चारको प्रयोगमा आंशिक खुला गरिंदै

kharibot

बेलायत । इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ ।

विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन् । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

“इक्वेडरले विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि बाह्य सञ्चारमा गरेको प्रतिबन्ध राष्ट्रसङ्घका दुईजना वरिष्ट अधिकारी र इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोबीच शुक्रबार भएको भेटवार्तापछि हटाउने निर्णय भएको हो,” विकिलिक्सले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।

विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन ह्राफसोनले उक्त कदम सकारात्मक रहेको बताए । उनले अझै पनि असान्जको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरिएकामा गम्भीर चासो व्यक्त गरे ।

इक्वेडरले विद्युतीय इमेलहरु प्राप्त गर्नबाट रोक्न ज्यामर उपकरण राजदूतावासमा जडान गरेको थियो भने भेटघाटका लागि आउने व्यक्तिलाई भेट्न कडाई गरेको थियो ।

सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले असान्जलाई स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै उहाँलाई इक्वेडरको राजदूतावासले शरण दिएको थियो । उहाँमाथि स्वीडेनमा यौन शोषणको आरोप लागेको छ ।

असान्जले यौन शोषणको आरोप राजनीतिक प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ । सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सञ्चारको प्रकाशन गरेका कारण असान्जलाई स्वीडेनले संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने असान्जको ठम्याइ छ ।

स्वीडेनको गतवर्ष आफ्नो अनुसन्धान स्थगित गरेको थियो, तर बेलायती अधिकारीहरुले असान्जलाई गिरफ्तार गर्ने जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै