स्पेनमाथि इङल्याण्डको ३१ बर्षपछि जित  

खरीबोट

काठमाडौँ। यूइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि स्पेनलाई पराजित गरेको इङल्याण्डले ३-२ गोल अन्तरले पराजित गरेको छ। 
समुह ए अन्तर्गतको खेलमा इङल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेटभित्र इङल्याण्डले तीन गोलको अग्रता बनाएको थियो ।

खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा राशफोर्डले टिमको अग्रता दुई शुन्यमा पुर्याए । सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको इङल्याण्डले ३८ औं मिनेटमा अर्को गोल थप्यो ।

उसका लागि स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा टाेलीको अग्रता तीन शुन्यमा पुर्याए । पहिलो हाफमा नै तीन गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कने राम्रो प्रयास गरेको थियो ।

जसमा उसले दुई गोल पनि फर्काएको  थियो । ५८ औं मिनेटमा एल्काचेरले गोल गरे भने इन्जुरी समयको सातौं मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । तर त्यतिले पनि स्पेनलाई हारबाट बचाउन सकेन ।

राष्ट्रिय टिमका लागि २७ खेलसम्म गोल गर्न नसकेका उनले सो क्रमलाई भंग गरेका छन । अन्तिम पटक इङल्याण्डले १९८७ मा स्पेनलाई चार दुई गोलले हराएको थियो । 

सम्बन्धित समाचार

मेसी बिना मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित  

काठमाडौँ। अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ।  अर्जेन्टिनाको जितमा रामिरो मोरीले एक गोल गरेका थिए भने एक गोल

अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल रद्द

काठमाडाँै / अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम

मैत्रीपूर्ण खेलमा नेपाली महिला फूटबल टोलीद्वारा बेइजिङ स्पोर्टस् युनिभर्सिटी पराजित

काठमाडौँ । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–०

मेसी बिनाको अर्जेन्टिना ब्राजिलसँग हार्यो 

काठमाडौँ। ब्राजिलले आफ्नो परम्परागत प्रतिद्वन्दी अर्जेन्टिनालाई पराजित गरेको छ। हाल युएइमा रहेका दुवै टिमबीचको भएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १-० गोल अन्तरले पराजित गरेको छ।  ब्राजिलले खेलको अन्तिम मिनेटमा जोआओ मिरांडाको गोलमा


z