• २०८१ बैशाख ८ शनिबार

स्पेनमाथि इङल्याण्डको ३१ बर्षपछि जित  

kharibot

काठमाडौँ। यूइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि स्पेनलाई पराजित गरेको इङल्याण्डले ३-२ गोल अन्तरले पराजित गरेको छ। 
समुह ए अन्तर्गतको खेलमा इङल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेटभित्र इङल्याण्डले तीन गोलको अग्रता बनाएको थियो ।

खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा राशफोर्डले टिमको अग्रता दुई शुन्यमा पुर्याए । सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको इङल्याण्डले ३८ औं मिनेटमा अर्को गोल थप्यो ।

उसका लागि स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा टाेलीको अग्रता तीन शुन्यमा पुर्याए । पहिलो हाफमा नै तीन गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कने राम्रो प्रयास गरेको थियो ।

जसमा उसले दुई गोल पनि फर्काएको  थियो । ५८ औं मिनेटमा एल्काचेरले गोल गरे भने इन्जुरी समयको सातौं मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । तर त्यतिले पनि स्पेनलाई हारबाट बचाउन सकेन ।

राष्ट्रिय टिमका लागि २७ खेलसम्म गोल गर्न नसकेका उनले सो क्रमलाई भंग गरेका छन । अन्तिम पटक इङल्याण्डले १९८७ मा स्पेनलाई चार दुई गोलले हराएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै