• २०८१ बैशाख १४ शुक्रबार

जुम्लामा १४ जुवाडे पक्राउ, साढे दुई लाख बरामद

kharibot

जुम्ला । बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायत क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ ।

सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै