• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानमा रेलले रिक्सा ठक्कर दिँदा अाठ जनाकाे मृत्यु

kharibot

इस्लामाबाद (रासस/सिन्ह्वा) / पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो ।

दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । तर, अपूष्ट विवरणमा उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै