• २०८१ बैशाख ८ शनिबार

मेसी बिनाको अर्जेन्टिना ब्राजिलसँग हार्यो 

kharibot

काठमाडौँ। ब्राजिलले आफ्नो परम्परागत प्रतिद्वन्दी अर्जेन्टिनालाई पराजित गरेको छ। हाल युएइमा रहेका दुवै टिमबीचको भएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १-० गोल अन्तरले पराजित गरेको छ। 

ब्राजिलले खेलको अन्तिम मिनेटमा जोआओ मिरांडाको गोलमा जित हासिल गरेको थियो। आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाले ब्राजिललाई अन्तिम मिनेटसम्म रोक्न सफल भएपनि अन्तिम मिनेटमा गोल खादा खेल गुमाउन पुगेको थियो। 

ब्राजिलले अब नोभेम्बरमा आफ्नो दक्षिण अमेरिकी प्रतिद्वन्दी उरुग्वेसँग खेल्ने छ भने अर्जेन्टिनाले अर्को खेल नोभेम्बरमा मेक्सिकोसँग खेल्ने छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै