• २०८१ बैशाख १२ बुधबार

केही घण्टा युट्युब ठप्प

kharibot

काठमाडौं।  भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भएको छ  । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा इरर भनेको थियो भने भिडियो प्ले भएको थिएन ।  

सूचना पाएपछि  युट्यूबले  ट्वीट गरेर यसका लागि माफी मागेको छ ।  युट्यूबले ट्वीट गरेर भनेको छ, 'हामी पुन: आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद। यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस ।' 

यसभन्दा  पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । 'युट्यूब टीभी र 'युट्यूब म्यूजिक' चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो । 

तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन  । 

दुनियाँभरमा युट्यूब  डाउन भएलगत्तै  सामाजिक सञ्जालमा #YouTubeDOWN नामबाट एक ट्रेन्ड बनेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै