• २०८१ बैशाख ७ शुक्रबार

बलिवुडमा #MeToo : गीतको बदलामा अनु मलिकले गायिकासँग 'किस' मागेको खुलासा  

kharibot

मुम्बई। बलिवुडमा #MeToo अभियान अन्तर्गत यौन शोषण र उत्पीडनका घटना सार्वजनिक हुनेक्रम जारी रहेको छ।

यसैबीच चर्चित संगीतकार अनु मलिकलाई उत्पीडन आरोप लागेको छ। यसअघि गायिका सोना महापात्राले मलिकमाथि उत्पीडनको आरोप लगाएकी थिइन् भने अहिले फेरी गायिका श्वेता पण्डितले मलिकमाथि उत्पीडनको आरोप लगाएकी छन्।

आफ्नो #MeToo अनुभव सामाजिक संजाल ट्वीटरमा सार्वजनिक गर्दै श्वेताले मलिकले आफुलाई गीत दिएपछि त्यसको बदलामा किस मागेको खुलासा गरेकी छन्। श्वेताले आफु मलिकको यौन दुर्व्यवहारको शिकार भएको सार्वजनिक गर्दै आफु बलिवुडमा नयाँ नयाँ भएको बेला मलिकले त्यस्तो गरेको खुलासा गरेकी हुन्।

सन् २००१ को घटना सार्वजनिक गर्दै गायीका श्वेताले मुम्बईस्थित एम्पायर स्टुडियोमा मलिकले आफुलाई बोलाएको र गीत गाउन लगाएका थिए। सो गीतमा सुनिधि र शानले उनलाई साथ् दिने तर त्यसका लागि अहिले आफुलाई किस गर्नु पर्ने शर्त मलिकले राखेको उल्लेख गरेकी छन्। आफु त्यो बेला केवल बर्षको रहेको र आफुले मलिकलाई अंकल भन्ने गरेको भन्दै सो बेला आफु एक महिना सम्म तनावमा रहेको उल्लेख गरेकी छन्। 

#MeToo अभियान अन्तगत बलिवुडमा कैयौ सेलिब्रेटीका यौन शोषण र उत्पीडनका प्रकरण अगाडी आएका छन्। बलिवुडका चर्चित निर्देशक सुभाष घई,  विकास बहल, साजिद खान, अभिनेता नाना पाटेकर, कैलाश खेर, आलोक नाथलगायत कैयौलाई यौन शोषणको आरोप लागेको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै