दशैं मनाउन घर आएका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

खरीबोट

खोटाङ। जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । 

पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो । 

घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका वेला जिल्लाबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । 

पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेश गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए । 

उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत चार जनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । 

ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसला अनुसार कैंद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एक जना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, भेडा चोरी गरेको मुद्दामा सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सन्तोष राई पनि पक्राउ परेका छन् । भेडा चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट २०७४ साल भदौ ७ गते ११ दिन कैंद हुने र १५ हजार जरिवाना भराउने फैसला सुनाइएका राईलाई उनको घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

विप्लव माओवादीका नेता हेमन्तप्रकाश वलीसहित नौ जना पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । प्रहरी

वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ ।  वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सर्लाही / सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा

भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

गौशाला / महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ ।  गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९


z