चुनावताका आफूले बोलेका कुरा पूरा नहुँदा दुःख लागेको छ - प्रधानमन्त्री ओली 

खरीबोट

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले चानचुने षड्यन्त्रले कुनै हालतमा सरकार नढल्ने बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

ओलीले सरकारले काम गरेन भन्दै षड्यन्त्र गर्नेको ओथाराे काम नलाग्ने दाबी गरेका छन्। ‘सरकारले केही गरेन भन्दै हाल्ला फैलाउने र षड्यन्त्र गर्नेको ओथाराे काम लाग्दैन’, ओलीले भने, ‘सरकारले नागरिकको नाकमा कालो दल्ने काम कहिल्यै गर्दैन।’ 

ओलीले नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएकाले षड्यन्त्रकारी आफैं पराजित हुने दाबीसमेत गरेका छन्। ‘नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएको छ’, उनले भने, ‘षड्यन्त्र गर्ने आफैं पराजित जान्छन्, नागरिकले दुःख नमाने हुन्छ।’ 

प्रधानमन्त्री ओलीले धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाएको बताउँदै सरकार सुशासनको बाटोबाट पछि नहट्ने बताए। सरकारको लक्ष्य भनेकै राष्ट्रिय संकल्प पूरा गर्ने र सो संकल्प भनेकै विकास भएको उनको भनाइ छ। ओलीले विकासको पाइला नरोकिएको बताउँदै विकासको चरण सबैले बुझ्नु आवश्यक भएको बताए।

आफू प्रधानमन्त्री हुँदा सरकारको ढुकुटी रित्तो अवस्थामा रहेको, संघीय र स्थानीय सरकार निर्माण गर्नुपर्ने, विकासका काम बीचमा नै रोकिएको अवस्थामा रहेकाले सबैलाई गति दिन समय लागेको उनको भनाइ छ। 

चुनावमा बोलेको कुरा पूरा नहुँदा ओली दुःखी 

प्रधानमन्त्री ओलीले चुनावताका आफूले बोलेका कुरा पूरा नहुँदा दुःख लागेको बताएका छन्। उनले चुनावमा घोषणा गरे अनुसार नै वृद्धभत्ता बढाउने आवश्वासन भने दिए। ‘केही कुरा चुनाव ताका बोले पनी पूरा गर्न नसक्दा मलाई दुःख लागेको छ’, ओलीले भने,  ‘आगामी वर्षदेखि वृद्धभत्ता बढाएर वितरण गर्ने तयारी सुरु भएको छ।’ 

कोशी र गण्डकीमा पानी जहाज चलाउने आफ्नो कुरालाई धेरैले हावामा उडाएको गुनासो गर्दै उनले आफू नेतृत्व सरकारकै पालामा बोलेको कुरा पूरा गरेर देखाउने बाचा गरे। उनले पाँच वर्षमा रक्सौल–काडमाडौं रेल सेवा सुरु हुनेमा शंका नगर्न आग्रह गर्दै सरकार महत्वपूर्ण योजनामा लागेको बताए। 

प्रधामन्त्री ओली बिर्तामोडमा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुनुपुर्व चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा सहभागी बनेका थिए। ओली अपरान्ह काडमाडौं फर्किएका छन्। 

सम्बन्धित समाचार

कर दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  ‘कर : समृद्ध नेपाल,

प्रधानमन्त्री ओली हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख - अर्जुननरसिंह केसी 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् ।  उनले भने,‘प्रधानमन्त्रीले

प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन्

समृद्धिका लागि सहकार्य गर्न मित्रराष्ट्र चीनलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा


z