माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

खरीबोट

धनुषा। धनुषाको धनुषाधाम नगरपालिकामा विहिबार बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारीअनुसार धनुषाधाम–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नं ९ धारापानी बस्ने रामअवध यादवकी आठ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो । 

तराई मधेशमा तिहार र छठ नजिकिँदै गर्दा माटोले घर लिपपोत गर्ने प्रचलन रहेको र बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु दुई बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएको बताए । 

सम्बन्धित समाचार

मिथिलाञ्चलमा आजदेखि सामा चकेवा पर्व शुरु

धनुषा । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सामाचकेवा पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका दिनमा राति

धनुषाको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन मङ्सिरदेखि

धनुषा । आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको

मिथिला नगरपालिका पूर्ण बालबालिका विद्यालय भर्ना घोषणा

धनुषा । धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गरेको छ । ३९औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका

अज्ञात व्यक्तिको गोली प्रहारबाट धनुषामा एकजना गम्भीर घाइते, उपचारका लागि काठमाडौँ लगियो  

जनकपुरधाम। जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका ७ मा सोमबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन्। गोली प्रहारबाट लक्ष्मीनियाँ गाउँपालिका ६ का अन्दाजी ३५ वर्षिय संजय


z