• २०८१ बैशाख ८ शनिबार

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

kharibot

धनुषा। धनुषाको धनुषाधाम नगरपालिकामा विहिबार बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारीअनुसार धनुषाधाम–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नं ९ धारापानी बस्ने रामअवध यादवकी आठ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो । 

तराई मधेशमा तिहार र छठ नजिकिँदै गर्दा माटोले घर लिपपोत गर्ने प्रचलन रहेको र बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु दुई बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै