भक्तपुरमा खःमेय जात्रामा हजारौँ भीड

खरीबोट

भक्तपुर। महानवमीको दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय अर्थात् राँगो जात्रा सम्पन्न भएको छ । धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रुपमा वध गरी असत्यमाथि सत्यको विजयीका रुपमा मनाइएको छ । 

महानवमीको दिन आज साँझ त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने विश्वासका आधारमा परापूर्वकालदेखि खःमेय जात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ छ । 

महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा ल्याई बाँधेर राखिएको खःमेय अर्थात् राँगोलाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभरि अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित ब्रह्मायणी मन्दिरमा पुर्याई देवीलाई चढाएर जात्रा मनाएका छन् । 

स्थानीयवासीले नवदुर्गा देवगृहबाट निकालिएको खःमेयलाई जाँडरक्सी खुवाएर मत्ताई तान्दै र लेखेट्दै खःमेयलाई गछेंस्थित नवदुर्गा देव घरबाट सकोलान, दत्तात्रय, सूर्यमढी र च्याम्हसिंह हंँदै ब्रह्मायणी मन्दिर पुरयाइएका थिए । खःमेय लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेयसँगसँगै डौड्ने परम्परा छ । 

तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय अर्थात महिषासुर दैत्यको प्रतीक राँगोको बध गरिएको हो । बध गरिएको खःमेय राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो । 

नेवार समुदायमा यो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ । 

खःमेयको वध गरेपछि विजयोत्सवका रुपमा दशमीको दिन बिहानैदेखि दिनभरि नै ब्रह्मायणी मन्दिरमा दर्शन र पूजा गर्न हजारौको भीड लाग्ने गर्छ ।

सम्बन्धित समाचार

भक्तपुरमा दुर्घटनामा परी तीनको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको

भक्तपुरमा अधिकांश औषधि पसल बिना दर्ता नै संचालनमा  

भक्तपुर। भक्तपुर नगरपालिका बजार अनुगमन समितिले भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ ।  समितिका संयोजक एवं वडा नं ३

भक्तपुरमा एक जुवाखालबाट चार लाखसहित ३३ जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान

तिहार नजिकिएपछि कुमाल परिवारलाई भ्याइनभ्याइ 

भक्तपुर। हिन्दुको दोश्रो महान् चाँड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायलाई यतिखेर भ्याइनभ्याइ छ ।  मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाते, सर्यविनायक, कमलविनायक, थिमिको नगदेश,


z