मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई कारवाही हुने : ३८६ ट्याक्सी कारवाही

खरीबोट

काठमाडौँ। विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । 

दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको हो । 

सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । 

त्यसैगरी उक्त बैठकले काठमाडौँ उपत्यकामा पहिचान भएका ६६ वटा ‘रुट’मा निर्धारित बिसौनीमा मात्र यात्रीलाई चढाउन, ओराल्न तथा फोहरको समुचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

देशभर कुनै पनि किसिमका गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको जानकारी दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सवारी नियमविपरीत वाहन सञ्चालन गर्ने ३८६ जनालाई कारवाही गरेको जनाएको छ । 

यसैबीच ट्राफिक प्रहरीले यात्रीको सामान लिएर भोगेको एउटा ट्याक्सी चालकलाई आज नियन्त्रणमा लिएर सम्बन्धित यात्रीको सामान सुरक्षित रुपमा फिर्ता गराएको बताएको छ । 

सम्बन्धित समाचार

नापतौल विभागद्वारा ट्याक्सीमा मिटर भाडा समायोजन गर्दै 

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ ।  विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात

सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग 

काठमाडौँ। उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।  बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले

समायोजनको नाममा भाडावृद्धि गर्न ट्याक्सी चालकको माग 

काठमाडौं । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ ।  बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर

ट्याक्सी चालकमाथि आक्रमण गरेर लुटपाट, चालकको आँखा फुट्यो !

काठमाडौँ। दुईजना लुटेराले मंगलबार राति एकजना ट्याक्सी चालकमाथि आक्रमण गरेर लुटपाट गरेका छन् । ललितपुरको दमकल नजिकैबाट विरामीको बहानामा अस्पताल लगिदिन भन्दै चढेका दुई लुटेरले बा१ज ६१५७ नम्बरको ट्याक्सीका चालक


z