मुख्यमन्त्री राईको दशैँको शुभकामना : राष्ट्रिय एकता कायम गर्नमा महत्वपूर्ण योगदान 

खरीबोट

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्  । 

सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ । 

यसैगरी सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गरिएको छ । 

मुख्यमन्त्रीले सन्देशमा महान् पर्व बडादशैँले भिन्न–भिन्न जातजाति, भाषा, धर्म एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक, सद्भाव आपसी भ्रातृत्व कायम गर्न सफल रहोस् भन्ने कामनासहित बडादशैँको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ का सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् । सामाजिक विकास मन्त्रालयद्वारा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता

प्रदेश लोकसेवा आयोग विधेयक पारित

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ बहुमतले पारित भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले

प्रदेश एकमा बन्ने भयो मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक

प्रदेश १ मा ७२ प्रतिशत रोपाइँ

विराटनगर । प्रदेश नं १ मा आइतबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ ।  कृषि विकास निर्देशनालयका अनुसार प्रदेश नं. १ का तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती


z