मुख्यमन्त्री पोखरेलको दशैं शुभकामना : सङ्घीयता कार्यान्वयनमा जोड

खरीबोट

बुटवल। प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताउएका छन् । 

मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै दशैँका अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दशैँको महत्व र गरिमालाई फराकिलो बनाउँदै आएको र स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

“यस्ता सांस्कृतिक उत्सव र पर्व कुनै समुदायविशेषका नभएर सबै नेपालीका साझा भएका र सांस्कृतिक पर्वहरुले सद्भाव, भ्रातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सूत्रमा बाँधेका छन्, अझ दशैँको मौलिक पहिचान रहँदै आएको छ”, शुभकामना सन्देशमा “व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा घरभन्दा बाहिर रहेकाहरु दशैँमा घर फर्कन प्राथमिकता दिइरहनुले यो पर्वलाई समुदायले दिएको महत्व छर्लङ्ग हुन्छ”, उनले भने । 

मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देशमा राजनीतिक रुपमा सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय रुपमा कार्यान्वयन हुन अझै बाँकी रहेकाले व्यावहारिक रुपमा सङ्घीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफूहरु सङ्कल्पित रहेको स्पष्ट पारेका छन् ।

उहाँले मुलुकबाट अब छिटोभन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक रहेको सन्दर्भमा प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको उल्लेख गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित रहेको त्यसका लागि प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका सन्दर्भमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा शुभकामना सन्देशमार्फत अपिल गरेका छन् । 

सम्बन्धित समाचार

राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारको चासो 

खस्यौली । प्रदेश नं ५ भित्र रहेका राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाएको छ ।  बुटवलमा मुख्यमन्त्री शङकर पोखरेललाई राष्ट्रिय गौरवका विभिन्न आयोजनाका प्रमुख तथा प्रतिनिधिले भेट गरी आयोजनाका विविध

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

रुपन्देही । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा

विद्यार्थी पढाउदै मुख्यमन्त्री  

लमही । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल,

प्रदेश ५ को बजेटको कार्यान्वयन अवस्था कमजोर

बुटवल। प्रदेश नं ५ सरकारको चालू आर्थिक वर्ष २०७५-७६ को बजेट सार्वजनिक भएको छ महीनाको अवधिमा आशातित खर्च हुन सकेको छैन । प्रदेश सरकारको बजेट कार्यान्वयनका लागि आवश्यक संरचना, जनशक्ति


z