बङ्गलादेशमा निर्वाचनको मिति घोषणा नोभेम्बर महिनाको अन्तिम साता

खरीबोट

ढाका। एएफपी बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो । 

बङ्गलादेशको निर्वाचन आयोगका सचिव हेलाल उद्दिन अहमदले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो— हामीले नोभेम्बरको अन्तिम साता निर्वाचनको घोषणा गरिने छ र आगामी डिसेम्बरको अन्तिम सातातिर निर्वाचन सम्पन्न गरिने छ । 

बङ्गलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाको पाँच वर्षे कार्यकाल आगामी वर्षको जनवरीमै पूरा हुदैछ । उहाँ बंगलादेशको नेशनल अवामी लिगको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 

सचिव अहमदले भन्नुभयो— बंगलादेशमा संसदीय निर्वाचन गर्ने उचित समय डिसेम्बरको अन्तिम साता हो र हामीले सोही समयका लागि तयारी गरिरहेका छौँ । तर निर्वाचनको निश्चित दिन भने अझै तोकिएको छैन । निर्वाचनको मिति कहिले तोकिन्छ भन्ने विषयमा बंगलादेशमा व्यापक मात्रामा चर्चा शुरु भएका छन् । नेशनल अवामी लिगले सन् २००९ देखि यहाँ शासन गर्दै आएको छ । 

सो दलले सन् २००९ मा करिब दुई तिहाई बहुमतको नजिक मत प्राप्त गरी शासन गरेको हो । त्यसपछि सन् २०१४ मा भएको आमनिर्वाचनमा पनि सोही दलले नै स्पष्ट बहुमत ल्याएको थियो । सो मतपछि उक्त दलले नै शासन गर्दै आएको छ । 

राजनीतिक विश्लेषकहरु अहिले अब आउने निर्वाचनमा पनि सोही दलले नै बहुमत हासिल गरी सत्तामा पुग्ने आशामा रहेको विश्लेषण गर्ने गरेका छन् । अवामी लिगले पछिल्ला केही वर्षहरुमा भने प्रमुख विपक्षी दल बङ्गलादेश नेशनल पार्टीको चुनौती सामना गरिरहेको बताइन्छ । सत्ताको कडा आलोचना र आन्दोलनमा पछिल्लो कार्यकालभरी नै सो दलले समस्या उत्पन्न गर्ने गरिरहेको छ । उक्त दलको प्रमुखमा बङ्गलादेशकी अर्की नेत्री खालिदा जिया हुनुहुन्छ । उहाँ बंगलादेशको पूर्व प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । 

प्रधानमन्त्री जियाको दलले राजनीतिक दल विनाको सरकारले संसदको निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ । अवामी लिगले नै गराएको यसअघिको अर्थात् सन् २०१४ को निर्वाचनमा धाँधली भएको भन्दै जियाको दलले निर्वाचन बहिस्कार गरेको थियो । 

सो दलले यस पटक पनि अवामी लिगले निर्वाचन गराएमा सहभागी नहुने बताउँदै आएको छ । साथै सो दलले जियालाई रिहा गर्न पनि माग गरेको छ । जियालाई भ्रष्टाचारको आरोपमा जेल सजायँ दिइएको छ । उहाँ दुई वर्षभन्दा लामो समयदेखि जेलमै हुनुहुन्छ । 

सम्बन्धित समाचार

नेपाल र बङ्गलादेशबीच साझेदारी घनीभूत तुल्याउने प्रयास

काठमाडौँ । नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक

बङ्गलादेशमा मतदान सुरु, झडपमा दुईको मृत्यु

बङ्गलादेश । बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका

बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार ५ सय विपक्षी पक्राऊ

ढाका। बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् ।  संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक हुदै 

काठमाडौँ। नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ ।  बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले


z