• २०८१ बैशाख १३ बिहीबार

पत्रकार जमाल खसोग्गीको हत्या भएको साउदी अरबद्वारा स्वीकार

kharibot

काठमाडौँ । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा मारिएको साउदी सरकारले अधिकारिक रुपमा पुष्टि गरेको छ।

करिव दुई साताको इन्कारपछि साउदी अरबको सरकारी टेलिभिजनले एक छानबिनको हवला दिदै खसोग्गीको इस्तानबुलस्थित दुताबासमा एक संघर्षका क्रममा मृत्यु भएको स्वीकार गरेको छ। 

साउदीको सरकारी टेलिभिजनका अनुसार यस घटनामा संलग्न १८ जनालाई हिरासतमा लिइएको छ भने डिपुटी इन्टेलिजेन्स चिफ अहमद अल असीरी र राजकुमार मोहम्मद बिन सलमानक वरिष्ठ सहयोगी साउद अल क़थानीलाई बर्खास्त गरिएको छ। साउदी सरकारले खसोज्गीको अहिलेसम्म मृत्यु भएको स्वीकार गरेको गरेको थिएन।  

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक रहिआएका थिए । 

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको तर अक्टोबर २ देखि वेपत्ता भएका थिए । 

खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गएपनि उनलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ । 

खसोग्गीले इस्लामावादमा रहेर वासिङ्टन पोष्टका लागि पनि रिपोर्टिङ गर्दै आएका थिए । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै