• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग दशै मनाए

kharibot

गुल्मी। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन् ।

विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आएका नेता भण्डारीले यो वर्ष पनि उनीहरुसँगै दशैं मनाएका छन् ।

नेता भण्डारीले माझी र बोटे समुदायका जेष्ठ नागरिकबाट टिका लगाए भने आफूभन्दा सानालाई टिका लगाइदिएका छन् । दशैँको टिकासँगै नेता भण्डारीले दक्षिणा अनि बालबालिकालाई पाठ्य सामग्री समेत वितरण गरेका थिए ।

उनले गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका विद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गरेका थिए ।

यस्तै झण्डै ६ सय माझी तथा बोटे समुदायका महिलालाई धोती र लुंगि समेत नेता भण्डारीले वितरण गएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै