दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

खरीबोट

बैतडी। दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ । 

आव २०७३÷७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४÷७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन् । 

हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका

काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका

डडेल्धुरा / डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । मौसमअनुसारका फलफूलको व्यापार

बाँकेका सयौं बालबालिका अझै विद्यालयको पहुँच बाहिर

बाँके । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन् । वडाध्यक्ष

ठमेलबाट बीस बालबालिकाको उद्धार

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ


z