दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

खरीबोट

बैतडी। दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ । 

आव २०७३÷७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४÷७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन् । 

हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

बाँके । बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् ।

अफगानिस्तानमा बेबारिसे बम विस्फोटमा परी सात बालबालिकाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ ।     यस विस्फोटबाट अरु धेरै व्यक्ति

डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पा / नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक

रोल्पामा बालश्रममा प्रयोग गरिएका ८४ बालबालिकालाई पुनर्मिलन

रोल्पा । बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता


z