• २०८१ बैशाख १४ शुक्रबार

प्रियंका र नीकको विवाह जनवरीमा हुने 

kharibot

मुम्बई। बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका चोपडाले आफ्ना इन्जेगमेंट गरेका प्रेमी नीक जोनाससँग आगामी जनवरीमा विवाहको तयारी गरेकी छन्। 

प्रियंकाले १४ र १५ जनवरीमा विवाह गर्ने तयारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। यसअघि डिसेम्बर २ मा विवाह गर्ने भनिएको भएपनि प्रियंकाले जनवरीमा गर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। प्रियंका र नीकको वैवाहिक कार्यक्रम जोधपुरको भवन प्यालेसमा हुने बताइएको छ। 

प्रियंकाले गत अगस्टमा आफुभन्दा १० बर्ष कान्छा हलिवुडका गायक तथा अभिनेता नीक जोनासनसँग इन्गेजमेन्ट गरेकी थिइन्।  

प्रियंका हाल बलिवुडको फिल्म  द स्काई इज पिंक फिल्मको  सुटिंगमा व्यस्त रहेकी छन्। फिल्ममा अभिनेता फरहान अख्तर र जायेरा वसिमले अभिनय गरेका छन्। फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै