• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

kharibot

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ । 

सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिनुभएको हो । 

सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गर्नुभएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै