काठमाडौँ। स्पेनिस रियल म्याड्रिड ला लिगामा फेरी पराजित भएको छ। शनिबार भएको खेलमा लेभांटेसँग २-१ ले पराजित भएपछि रियल म्याड्रिडको संकट बढेको छ।
लेभांटेको जितमा लुइस मोरालेस र रोजर मार्टीले एक एक गोल गरेका थिए भने रियलका लागि एक गोल मार्सेलोले गरेका थिए। लेभांटेले रियलविरुद्ध १३औ मिनेटमा नै २-० को अग्रता लिएको थियो।
रियल म्याड्रिडले क्लबको ११६ बर्षको इतिहासमा सबै भन्दा लामो समय गोल विहिन हुने रेकर्डलाई तोड्दै ला लिगामा ४५६ मिनेटपछि गोल गरेको थियो।
ला लिगामा रियलको ९ खेलमा १४ अंक रहेको छ भने लिगमा पाचौ स्थानमा पुगेको छ। त्यस्तै लेभांटे ९ खेलमा १३ अंकसहित सातौ स्थानमा रहेको छ।
रियल म्याड्रिड अब मंगलबार च्याम्पियन्स लिगको खेल खेल्ने छ भने आगामी आइतबार बार्सिलोनासँग एल क्लासिको खेल्ने छ।