• २०८१ बैशाख ५ बुधबार

चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए ।

चेल्सीका लागि रुडिगेरले २१औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । म्यान्चेस्टर युनाइटेडका मार्सियलले ५५ औ मिनेटमा बराबरी गोल फर्काए । मार्सियलकै गोलमा ७३ औ मिनेटमा म्यान यू ले अग्रता लिए पनि खेलको अन्तिम समयमा चेल्सीका बार्क लीले गोल गर्दैै अंक खोसेका थिए ।
 
यो नतिजा सँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ भने म्यान्चेस्टर युनाइटेड आठौं स्थानमा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै