सेभिलाविरुद्ध बार्सिलोनाको शानदार जित, घाइते मेसीले एल क्लासिको गुमाउने  

खरीबोट

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिलालाई पराजित गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेभिलालाई ४-२ गोल अन्तरले पराजित गरेको हो। 

बार्सिलोनासँगको यो हार सँगै सेभिलाको लगातार ४ खेलमा जितको सिलसिलाको अन्त्य भएको छ भने पहिलो हाफमा बार्सिलोनाले आफ्ना स्टार खेलाडी लियोनेल मेसीको हातमा चोट लागेपछि गुमाएको छ। 

बार्सिलोनाको जितमा फिलिप कोटीन्हो, मेसी, लुइस स्वरेज र इभान राकिटिकले गोल गरेका थिए। त्यस्तै साभिलाका लागि क्लेमेन्ट लेंगलेट र लुइस मोरियलले एक एक गोल गरेका थिए। 

यो जित सहित बार्सिलोना ९ खेलमा १८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने सेभिला ९ खेलमा १६ अंकसहित तेस्रो स्थानमा रहेको छ। 

यस खेलमा घाइते भएका मेसीले आगामी बुधबार इन्टरमिलानसँग हुने च्याम्पियन्स लिग र आइतबार रियलविरुद्धको एल क्लासिको गुमाउने भएका छन्।  

सम्बन्धित समाचार

मेसी घाइते, मोरक्कोविरुद्ध नखेल्ने 

काठमाडौँ । लियोनेल मेसी भेनेजुएलाविरुद्धको खेलमा घाइते भएपछि अब मोरक्कोविरुद्धको खेलमा नखेल्ने भएका छन् ।  अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको सो खेलमा मेसी ९० मिनेट पुरा खेलेपनि उनलाई ग्रोईन (कम्मर

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, ला लिगामा १० अंकको अग्रता 

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले बार्सिलोनाले रियल बेटिसविरुद्द सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको

रियलको सेल्टामाथि सहज जित : जिदानको विजयी सुरुवात

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले सेल्टा डी भिगोविरुद्ध सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा रियलले सेल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा इस्को र

बार्सिलोनाका डेम्बेले घाइते, एक महिनाका लागि मैदान बाहिर 

काठमाडौँ । बार्सिलोनाका फ्रेन्च फरवार्ड उसमान डेम्बेले एक महिनाका लागि टिम बाट बाहिर भएका छन् । बार्सिलोनाले डेम्बेले हाम्सट्रीङ इन्जुरीका कारण एक महिना फुटबलबाट टाढा रहने जानकारी दिएको छ । गएराती लियोनलाई


z