• २०८१ बैशाख ७ शुक्रबार

 म्यानचेस्टर सिटीको बर्नलीमाथि उत्कृष्ट जित, घाइते ब्रुने टिममा फर्किए 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले बर्नलीविरुद्ध शानदार जित हासिल गरेको छ। 

सिटीको जितमा सर्जियो अग्युरो, बेर्नानड्रो सिल्भा, फर्नानडिन्हो, रियाज महरेज र लिरोय सानेले एक एक गोल गरेका थिए। सिटीका लागि लामो समय इन्जुरीबाट बाहिर रहेका प्ले मेकर केभिन डे ब्रुने यस खेलबाट मैदानमा फर्किएका छन्। 

जितसँगै सिटी ९ खेलमा २३ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सिटी लिभरपुलसँग बराबरी अंक भएपनि गोल अन्तरका आधारमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै बर्नली भने ९ खेलमा ८ अंक सहित १३औ स्थानमा रहेको छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै