• २०८१ बैशाख ६ बिहीबार

दिशा पटानीले गरिन् अक्षयकुमारसँगको फिल्म अस्विकार

kharibot

मुम्बई। बलिवुड अभिनेत्री दिशा पटानी एक पछि अर्को सफलताको सिढी चढिरहेका बेला उनले अभिनेता अक्षयकुमारसँग फिल्म खेल्न अस्विकार गरेकी छन्। 

बागी २ पछि हाल सलमान खानको फिल्म भारतमा समेत अभिनय गरिरहेकी दिशाले चर्चित निर्देशक आर बाल्कीको फिल्म मंगलायन अस्विकार गरेको मिडिया रिपोर्ट आएको छ।

फिल्ममा दिशाका अलावा अन्य तीन अभिनेत्रीको पनि भूमिका भएकाले उनले सो फिल्म छोडेको बताइएको छ।  फिल्ममा अक्षयकुमार र विद्या बालनको विशेष भूमिका रहेको बताइएको छ। धेरै अभिनेत्रीका आगाडी आफ्नो भूमिका कमजोर हुने भएको भन्दै उनले सो फिल्म छोडेको बताइएको छ। फिल्म भारतले छोडेको मंगलयानमा आधारित हुने छ। 

हाल भारतको सुटिंगमा व्यस्त दिशाले फिल्म संगमित्रा (संघमित्रा) मा पनि काम गरिरहेकी छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै