युभेन्ट्स बराबरीमा रोकियो, रोनाल्डोले बनाए नयाँ किर्तिमान 

खरीबोट

काठमाडौं। इटालीयन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा युभेन्टस गेनोयसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने गेनोयका लागि डेनियल बेसाले गोल फर्काउदै खेल बराबरी गरेका थिए। यो बराबरीसँगै युभेन्टसको सिरी ए मा ८ खेलमा जितको सिलसिला रोकिएको छ।  युभेन्ट्स ९ खेलमा २५ अंकसहित शिर्ष स्थानमा रहेको छ।  

यसैबीच विश्व फुटबलका स्टार स्ट्राइकर रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पुर्याएका हुन्।  यो सँगै उनी ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। 

यस खेलमा गोल गर्दै रोनाल्डोले यो कीर्तिमानका लागि आफ्नो नाम लेखाएका हुन्।  

रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेण्टस पुगेका हुन् । उनले युभेण्टसका लागि १० खेलबाट पाँच गोल गरिसकेका छन् । गएरातिको गोलले उनले नयाँ कीर्तिमान बनाएका हुन्।

सम्बन्धित समाचार

युभेन्ट्सको जितमा १९ बर्षिय कीनको २ गोल 

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्ट्सको विजयी यात्रा जारी रहेको छ । गएराती भएको खेलमा युभेन्टसले उडीनेसेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । युभेन्ट्सको जितमा मोइस कीनले २ गोल

नापोलीमाथि युभेन्टस विजयी : रोमान्चक खेलमा पेनाल्टी मिस, दुई रातो कार्ड  

काठमाडौँ । इटालियन सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीलाई पारजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको

सिरी ए मा युभेन्टसको अपराजित यात्रा कायमै  

काठमाडौँ ।इटालियन सिरी ए मा युभेन्टसले बोलोग्नामाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती भएको खेलमा सबस्टिच्युटको रुपमा मैदानमा आएका पाउलो डिबालाले खेलको एक मात्र गोल गरेपछि युभेन्टस विजयी भएको हो

च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध योङ्ग ब्वायजको सनसनीपूर्ण जित

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत गत समुह चरणको अन्तिम खेलमा युभेन्टस योङ्ग ब्वायजसँग पराजित भएको छ। गएराती भएको खेलमा योङ्ग ब्वायजले युभेन्टसविरुद्ध सनसनीपूर्ण २-१ गोल अन्तरको जित हासिल गरेको छ।  स्विटजरल्याण्डको क्लब


z