• २०८१ बैशाख ८ शनिबार

युभेन्ट्स बराबरीमा रोकियो, रोनाल्डोले बनाए नयाँ किर्तिमान 

kharibot

काठमाडौं। इटालीयन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा युभेन्टस गेनोयसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने गेनोयका लागि डेनियल बेसाले गोल फर्काउदै खेल बराबरी गरेका थिए। यो बराबरीसँगै युभेन्टसको सिरी ए मा ८ खेलमा जितको सिलसिला रोकिएको छ।  युभेन्ट्स ९ खेलमा २५ अंकसहित शिर्ष स्थानमा रहेको छ।  

यसैबीच विश्व फुटबलका स्टार स्ट्राइकर रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पुर्याएका हुन्।  यो सँगै उनी ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। 

यस खेलमा गोल गर्दै रोनाल्डोले यो कीर्तिमानका लागि आफ्नो नाम लेखाएका हुन्।  

रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेण्टस पुगेका हुन् । उनले युभेण्टसका लागि १० खेलबाट पाँच गोल गरिसकेका छन् । गएरातिको गोलले उनले नयाँ कीर्तिमान बनाएका हुन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै