• २०८१ बैशाख १४ शुक्रबार

दुई नावालक छोराको हत्यापछि आत्महत्या

kharibot

बारा। बारामा ३२ बर्षिय बाबुले दुई नावालक छोराको हत्या गरी आँफुले आत्महत्या गरेका छन् ।

जीतपुरसिमरा उप–महानगरपालिका ४ औराहा बस्ने ३२ बर्षिय सुरेन्द्र रामले आफ्ना दुई नावालक छोराहरु पाँच वर्षिय सुविन राम र तीन वर्षिय विपिन रामको घाँटीमा डोरी कसेर हत्या गरेका हुँन् ।

दुबै नाबालकको हत्या पछि उनले आफ्नैं घरको दलिनमा पाँसो लगाई आत्म हत्या गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । सुरेन्द्रराम अत्याधिक मदिरा सेवन गरेर घरमा अशान्ति मच्चाए पछि उनकी श्रीमतीले करिब चार महिना देखि घर छाडेर माईत बस्दै आएको मृतक रामकी आमा मुनिया रामले जानकारी दिएकी छन् ।

मृतक सुरेन्द्रकी आमा घर बाहिर निस्केको मौका छोपी मदिराको मातमा उनले छोराहरुको हत्या गरेर आँफूले आत्म हत्या गरेको हुँन सक्ने अनुमान स्थानीयहरुले गरेका छन् ।

घटना बारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय सिमराबाट गएको प्रहरी टोलीले शव बरामद गरी पोष्टमार्टमका बिरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै