• २०८१ बैशाख १२ बुधबार

निर्मला हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

kharibot

काठमाडौँ। निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिशउपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए । 

गत साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मलाको हत्याको छानबिनमा ध्यान नदिएको भन्दै तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई यसअघि भदौ ९ गते निलम्बन गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । बैठकले प्रहरी नायब उपरीक्षक सेठी र जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै