• २०८१ बैशाख १३ बिहीबार

सोमबार १२ अर्ब ५० करोडको ट्रेजरी बेच्दै राष्ट्र बैंक

kharibot

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अल्पकालीन र दिर्घकालीन प्रकृतिका समेत गरी सोमबार उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको हो । 

जारी मिती कत्तिक छ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व मिती  २०७५ माघ आठ गते, एक सय ८२ दिनेको परिपक्व मिती २०७६ बैशाख १० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व मिती २०७६ कत्तिक पाँच गते तोकिएको छ । 

यसअघि पनि राष्ट्र बैंकले यही असोज २९ गते २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै