• २०८१ बैशाख १३ बिहीबार

दशै लगत्तै खुुलेको नेप्सेमा झण्डै पाँच अंकको बृद्धि, १४ करोडको कारोवार 

kharibot

काठमाडौ। दशैं लगत्तै आज पहिलो दिन खुुलेको सेयर बजारमा पहिलो दिन सुुधारोन्मुुख दिशामा देखिएको छ ।  नेप्से सुचक चार दसमलव ८९ अंकले बढेर १२ सय ४६ दसमलव ५२ बिन्दुुमा चढ्दा सेन्सिटिभ एक दसमलव १८ अंकले बढेर दुुई सय ६५ दसमलव २८ बिन्दुुमा चढेको छ ।

आज एक सय २४ कम्पनीहरुको २२ हजार चार वटा कारोवारमा सात लाख सात सय २३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिल बिक्री हुंदा कारोवार रकम १४ करोड पाँच लाख ४९ हजार २९ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवार सुचकमा गिरावट आएको छ भने पाँच वटा समुहको कारोवार सुचकमा सुधार आएको छ । बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३७ अंकले बढेर ११ सय छ दसमलव ७२ बिन्दुुमा चढ्दा ११ करोड ७२ लाख ५७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक पनि दुई दसमलव १८ अंकले बढेर १४ सय ८८ दसमलव ६७ बिन्दुुमा चढ्दा २५ लाख ४५ हजार आठ सय ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ३४ दसमलव सात अंकले बढेर पाँच हजार पाँच सय ९९ दसमलव ४८ बिन्दुुमा चढ्दा १५ लाख ९१ हजार नौ सय ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक फाईनान्स र अन्य समुहको सुचक पनि दुुई दसमलव ९९ र पाँच दसमलव २३ अंकले बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ११ दसमलव ३३ अंकले घटेर १३ सय ४९ दसमलव १४ बिन्दुुमा झरेकोमा ३२ लाख नौ हजार दुुई सय ५० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि एक दसमलव ८८ अंकले घटेर पाँच हजार सात सय ८२ दसमलव ९७ बिन्दुुमा झर्दा २९ लाख ५७ हजार पाँच सय २० रुपैयाँको सेयर खरिद बिक्री भएकाछन । यि बाहेक होटल, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि क्रमश १५ दसमलव १२, १० दसमलव ८३ र तीन दसमलव ५९ अंकले घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा भार्गभ बिकास बैंक परेको भार्गभ बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ २५ पैसाले बढेर एक सय ५३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको मिर्मिरे लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७९ पैसाले घटेर १३ सय ७६ रुपैयाँम कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्रभुु बैंकको भने प्रतिकित्ता दुुई सय ४९ रुपैयाँमा तीन करोड १६ लाख ५७ हजार पाँच सय ९९ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै