स्याङ्जाको धराङ्दीमा जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

खरीबोट

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । 

दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

सम्बन्धित समाचार

नवलपरासीमा दुर्घटनामा परी एकको मृत्यु चार घाइते

नवलपरासी । नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको

पाल्पामा आज बिहान जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

पाल्पा। पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका

भक्तपुरमा दुर्घटनामा परी तीनको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको

डडेल्धुरामा भएको जीप दुर्घटनामा दुईको मृत्यु

अमरगढी। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  आज बिहान भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा


z