नेकपा सचिवालय बैठकमा नेता नेपालको असन्तुष्टिलगायत आन्तरिक विषयमा छलफल हुदै 

खरीबोट

काठमाडौँ। दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि(आइतबार र सोमबार)का लागि तय गरिएको छ । सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना व्यतीत भइसकेको छ । 

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ । 

सम्बन्धित समाचार

पार्टी एकताले गति लिएन : भीम रावल

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले पार्टी एकताको कामले गति लिन नसकेको बताए ।  प्रेस सङ्गठनद्वारा अछाम सदरमुकाम मङ्गलसैनमा विहिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,

नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी

नेकपा नेता भरतमोहन अधिकारी अस्पताल भर्ना

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् । छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी

नेपालगञ्जमा पृथ्वी जयन्तीको बिदाप्रति नेकपाको विरोध, १० वडामा काम सुचारु 

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले दिएको शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा सबै वडामा लागु भएको छैन ।  बिदा दिने निर्णयको विरोध गर्दै नेकपा विजयी भएका वडा कार्यालयमा नियमित कामकाज भइरहेको


z