नेकपा सचिवालय बैठकमा नेता नेपालको असन्तुष्टिलगायत आन्तरिक विषयमा छलफल हुदै 

खरीबोट

काठमाडौँ। दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि(आइतबार र सोमबार)का लागि तय गरिएको छ । सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना व्यतीत भइसकेको छ । 

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ । 

सम्बन्धित समाचार

नेकपाले टुंगायो थप कार्यविभाजन :  जनसङ्गठनका इञ्चार्जसहित उपत्यकाको नेतृत्व चयन 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबारको बैठकले थप केहि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको वरीयताक्रम हेरफेर गर्नुका साथै जनसङ्गठनका इञ्चार्ज

माधव नेपालको वरियता खोसियो, झलनाथ अब तेस्रो वरियतामा

काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालको वरियता खोसिएको छ ।  आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने

नेकपाको आजको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन् । अब

बामदेवको कमब्याक !

काठमाडौँ । भनिन्छ राजनीतिमा असम्भव केहि हुदैन । सत्ताबाट बाहिरिनु र फेरी सत्तामा आउनु राजनीतिकर्मीका लागि नियमित भइरहने घटना जस्तै हुन् । यसै क्रममा सत्तारुढ दल नेकपा भित्रका एक महत्वपूर्ण


z