आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीति, आफु महाशक्ति हुने सपना -रुसी विदेश मन्त्रालय 

खरीबोट

मस्को। रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ । 

“यसको मुख्य उद्देश्य नै आफूमात्र महाशक्ति हुने एकल ध्रुवीय विश्व निर्माण गर्नु हो । के यो सम्भव छ ? छैन,” विदेश मन्त्रालयको एक स्रोतले रिया नोभोस्ती समाचार समितिलाई बतायो । 

ती अधिकारीले रसियाले आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीतिको धेरैपटक खुलेरै बिरोध गरेको बताए । 

वासिङ्टनले विगतदेखि नै यो सम्झौताको उल्लङ्घन गरिरहेको थियो, नाम बताउन नचाहने ती अधिकारीले बताए । “यो निर्णय विगतमा अन्तर्राष्ट्रिय कानुनी सम्झौताबाट फिर्ता हुने अमेरिकी नीतिकै एक हिस्सा हो जसले दुवै मुलुकबीच आणविक अप्रसारमा समान जवाफदेहीता सुनिश्चित गरेको थियो ।” 

रुसी सिनेटर अलेक्सी पुस्कोभले ट्वीट गर्दै ट्रम्पको पछिल्लो कदम विश्वमै रणनीतिक स्थायित्वको सम्पूर्ण प्रणालीका विरुद्धको दोस्रो घातक प्रहार रहेको बताउनुभयो । यसअघि पनि वासिङ्टन सन् २००१ मा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धिबाट अलग भएको थियो । 

“फेरि पनि सम्झौता तोड्ने अगुवाइ संयुक्तराज्य अमेरिकाले नै गरेको छ,” पुस्कोभले लेख्नुभएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावीसभा पछि पत्रकारहरुसँग कुरा गर्दै रुससँग गरिएको शीतयुद्धकालीन आणविक अस्त्रसम्बन्धी सन्धिबाट अमेरिका अलग हुने योजना बनाएको बताउनुभएको थियो । आलोचकहरुले विश्वकै महाशक्ति राष्ट्र हुने अमेरिकी चाहनाबाट अभिप्रेरित रहेको बताएका छन् । 

राष्ट्रपति ट्रम्पले तीन दशकअघिको मध्यमदूरीको आणविक अस्त्रसम्बन्धी सन्धि (आइएनएफ) को रुसले लामाे समयदेखि उल्लङ्घन गरेको दाबी गर्नुभयो । यो सन्धि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्भाचोभबीच सन् १९८७ मा भएको थियो । 

“रसियाले यो सन्धिको उल्लङ्घन गरेको छ । धेरै वर्षदेखि उनीहरुले यसको उल्लङ्घन गरिरहेका छन् । मलाई थाहा छैन पूर्व राष्ट्रपति बाराक ओबामाले यो सन्धिबारे किन वार्ता गरेनन् वा सम्झौताबाट अलग हुने निर्णय गरेनन् । हामी आणविक सम्झौता उल्लङ्घन भइरहन दिँदैनौं ।” 

सम्बन्धित समाचार

अमेरिका उडाउने भन्दै २ करोडभन्दा बढी ठगी 

काठमाडौं । बाध्यताको रोजगारी बनेको वैदेशिक रोजगारीको नाममा ठगिने क्रम अझै रोकिएको छैन । सोहि क्रममा रोजगारीको लागि अमेरिका लाने भन्दै एजेन्टहरुले पछिल्लो दुई महिनाको अन्तरालमा २ करोड रुपैयाँ भन्दा

​​​​​​​ब्राजिलको कोपा खेल्ने टिममा मार्सेलो र भिनिसियस परेनन्  

काठमाडौँ । ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि आफ्नो खेलाडीओ घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको टिममा रियल म्याड्रिडबाट खेल्ने युवा खेलाडी भिनिसियस जुनियरलाई बाहिर राखिएको छ । त्यस्तै रियल म्याड्रिडबाटै

अमेरिकाको अलबामा राज्यमा गर्भपतन पूर्ण प्रतिबन्धित

अमेरिका । अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग

अमेरिकामा पनि एक करोडसम्मको जरिवाना व्यवस्था छ – सञ्चारमन्त्री बास्कोटा 

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले


z