दशैँपछि राजधानीमा विस्तारै चहलपहल बढ्दै 

खरीबोट

काठमाडौँ। दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । 

दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिए । आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ । 

यसैगरी सात हजार ३४८ सवारीबाट ६० हजार ३६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । आजदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ । गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिन(आज)सम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको छ । 

मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । यही कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन ६ कात्तिक गतेसम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसदिन अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइन्छ । 

यसैबीच चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले तोकेभन्दा दोब्बरसम्म भाडा लिएर पनि यात्रुलाई ठगेको पाइएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

दशैँमा उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासो आएपछि विभागले चारसमूह परिचालन गरेर नाकामा अनुगमन गरेको थियो । कारवाहीमा परेका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको विभागले जनाएको छ । 

सम्बन्धित समाचार

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज

उपत्यकामा दशैँको समयमा दुर्घटनामा परेर १४ को मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, यस्तो छ शास्त्रीय मान्यता 

काठमाडौँ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ

दशैँतिहारको साइत पात्रोमै राख्न माग  

काठमाडौँ। दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ ।  राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ


z